लुम्बिनीको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त
2021-05-02 15:51:00
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन् । नेकपा एमालेका नेता पोखरेलले आज नै आफ्नो पदबाट राजीनामा दिएका थिए ।
प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जनाइएको छ ।
प्रतिक्रिया