Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

कैलालीमा युवतीको सामूहिक बलात्कार, दुई पक्राउ एक फरार 

सांकेतिक तस्वीर ।

प्रहरीले एक १८ वर्षीय किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेका एकजना फरार रहेको कैलाली प्रहरीले जनाएको छ । 

 

प्रहरीले बलात्कार अभियोगमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार राति पक्राउ गरेको हो । 

 

प्रहरीका अनुसार उमेश र रतन सहित ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


हाल फरार कृष्ण राउतको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया

सम्बन्धित समाचार सबै