Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध ६ वटा रिट निवेदन दायर

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट निवेदन दायर भएका छन् । 

 

अधिवक्ताहरु प्रवेश केसी, श्रीकान्त बराललगायतले अध्यादेशविरुद्ध रिट निवेदन दायर गरेको सर्वोच्च अदालतले जनाएको छ । संविधानसँग बाझिएकाले अध्यादेश खारेज हुनुपर्ने र अध्यादेशका आधारमा भएका सबै कामकारबाही बदर हुनुपर्ने माग रिटमा राखिएको छ ।

 

मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले भदौ २ गते जारी गरेको अध्यादेश उत्प्रेषणको आदेशले बदर गर्न माग पनि गरिएको छ । त्यस्तै उक्त अध्यादेश कानुनको आधारमा नयाँ दल दर्ता नगर्नु नगराउनु भनी निर्वाचन आयोगसमेतका नाममा आदेश जारी गर्न माग गरिएको छ ।

 

सरकारले राजनीतिक दल सम्बन्धी ऐन,२०७३ लाई तत्काल संशोधन गर्न अध्यादेश ल्याएको हो । प्रधानमन्त्री शेरबहादुरको देउवाको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् । अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले दल फुटाउन सक्ने व्यवस्था गरिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै