कांग्रेसको खुला केन्द्रीय सदस्य मतगणनामा यी नेता अघि
2021-12-18 14:34:00
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म निवर्तमान कांग्रेस महामन्त्री शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका छन् । १०० मत गणना हुन्जेलसम्म उनले ५३ मत पाएका हुन् ।
सभापति पदका आकांक्षी कोइरालाले पछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । कुनै पनि पक्षबाट नखुलेका उनलाई सभापति शेरबहादुर देउवा र संस्थापन इतर पक्षले आफ्नो प्यानलमा राखेका थिए ।
पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा दोस्रो स्थानमा रहेका उदय शमशेर राणाले ४४, रामहरि खतिवडाले ४३ र रमेश लेखकले ४२ मत पाएका छन् । यस्तै, एनपी साउदले ३७ मत पाएको समितिले जनाएको छ ।
प्रतिक्रिया