टाउकोमा गोली हानिएका चर्चित डच क्राइम रिपोर्टरको निधन
टाउकोमा गोली हानिएर गम्भीर घाइते बनाइएका चर्चित डच क्राइम रिपोर्टर पिटर आर डि भेरिजको मृत्यु भएको छ । गोली हानिएको ९ दिनपछि उपचारका क्रममा उनको मृत्युभएको हो ।
‘पिटरले अन्तिमसम्म मृत्युसँग संघर्ष गरे । तर युद्ध जित्न सकेनन्,’ आफन्तद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
टेलिभिजन स्टुडियोबाट बाहिरिएको एक मिनेट नबित्दै ६४ वर्षीय पिटरको टाउकोमा गोली हानिएको थियो ।
उक्त घटनाले नेदरल्याण्ड्सलाई नै स्तब्ध पारेको थियो । हजारौंले उनीप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।
पिटरले माफियाहरु र लागुऔषधका ठूला कारोबारीहरु सम्बन्धमा थुप्रै अनुसन्धानात्मक रिपोर्टिङहरु गरेका थिए । उनले क्रिमिनल अन्डरवल्र्डका साथै थुप्रै हाइप्रोफाइल अपराधहरुको पनि पर्दाफास गरेका थिए ।
आफ्नो अनुसन्धात्मक तथा निडर पत्रकारिताका लागि पिटरले थुप्रै अवार्डहरु समेत पाएका छन् ।
घटनामा संग्लनको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया