नेपाल–भारत संयुक्त निरीक्षण संयन्त्रको नवौं बैठक, यस्ता छन् एजेन्डा
2021-08-16 13:21:00
नेपाल र भारतको संयुक्त निरीक्षण संयन्त्रको नवौं बैठक आज काठमाडौंमा आयोजना गरिएको छ ।
नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरत पौड्यालकोे नेतृत्वमा प्रतिनिधिमण्डल बैठकमा सहभागी भएको छ । भारतका तर्फबाट नेपालका लागि राजदूत विनयमोहन क्वात्राको नेतृत्वमा टोली बैठकमा सहभागी छ ।
भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित योजनाहरुको प्रगतिलगायत विषयमा बैठक आयोजना गरिएको हो । यसअघि गत वर्षको १ भदौमा भर्चुअल रुपमा उक्त संयन्त्रको बैठक आयोजना गरिएको थियो ।
उक्त बैठकमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको विषयमा छलफल भएको थियो । नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनाहरुको अनुगमनका लागि सन् २०१६ मा यो संयन्त्र गठन भएको थियो ।
प्रतिक्रिया