.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

भारत, पाकिस्तान र चिनिया बोर्डर क्षेत्रमा पर्ने सियाचिन क्षेत्रमा आइतबार भएको हिम पहिरोमा परि दुई जना भारतीय सेनाको ज्यान गएको छ ।
यो घटना आइतबार दिउसो करिब एक बजेतिर हनिफ सब सेक्टर क्षेत्रमा भएको थियो । हिम पहिरोमा परेका दुवै सैनिकलाई साँझ ७ बजे निकालिएको थियो । त्यसबेलासम्म उनीहरुको मृत्यु भइरहेको थियो ।
हिम पहिरोमा परेका अन्य सैनिक र भरियाहरुको स्थिति स्थिर रहेको र उनीहरु खतराबाट बाहिर रहेको भारतीय सेनाले जनाएको छ ।
कराकोरम हिम शृंखलाको करिब २० हजार फिट उचाईमा रहेको सियाचिन ग्लेसियर विश्वकै सबैभन्दा उचो स्थानमा रहेको सैन्य क्षेत्र मानिन्छ ।
हिम शृंखलाको सुचना पाउने बित्तिकै सेनाको बचाउ टोली पुगेको थियो । हिउले पुरिएका दुई सैनिकलाई धेरै प्रयासका बाबजुद साँझ ७ बजेसम्म निकाल्न सकिएको थिएन ।
पन्जाबका मुख्यमन्त्री केप्टेन अमरिंदर सिंहले २१ पंजाब रेजिमेन्टका मृतक सैनिकका परिवारलाई ५०-५० भारतीय रुपैयाँ दिने समेत घोषणा गरेका छन् । साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने मुख्यमन्त्री सिंहले बताएका छन् ।
चमोलीको हिम पहिरोमा १५ जनाको मृत्यु
यता उत्तरखंडको चमोली जिल्लास्थित भारत-चीन सीमा स्थित नीती घाटीमा गएको हिम पहिरोमा १५ जनाको मृत्यु भएको छ ।
सोमबार थप तीन जनाको शव भेटिएसँगै मृतकको संख्या १५ पुगेको हो । तीन जना अझै पनि वेपत्ता छन् ।
शुक्रबार गएको हिम पहिरोबाट शनिबार १० र आइतबार दुई शव निकालिएको थियो । १५ मध्ये ११ मृतकको पहिचान खुलेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
tadalafil 10mg pill - prices of cialis cialis 40mg without prescription
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
tadalafil 10mg pill - prices of cialis cialis 40mg without prescription