छाउनीबाट लोड भएको अटोमेटिक पेस्तोल सहित एकजना पक्राउ
2021-09-15 17:39:00
सशस्त्र प्रहरी बल नेपालको बिशेष ब्यूरोबाट खटिएको टोलीले पाँच राउण्ड गोली लोड भएको अटोमेटिक पेस्लोल सहित एकजनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको टोलीले तारकेश्वर नगरपालिका–३ बस्ने सोनाम तामाङलाई मेड इन जर्मनी लेखिएको पेस्तोल, त्यसमा लाग्ने गोली र म्याग्जिन सहित नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले उनी चढेको बा ४९ प ७५६५ नम्बरको साइन मोटरसाइकल समेत बरामद भएको जनाएको छ । उनीसँग सोधपुछपछि प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया