नेपाली सेनाले गर्यो सेती नदीको खोंचमा खसेका व्यक्तिको उद्धार
नेपाली सेनाले सेती नदीको किनारमा माछा मार्ने क्रममा चप्लिएर खोंचमा परेका एकजनाको उद्धार गरेको छ।
नेपाली सेनाले दिएको जानकारीअनुसार प्युठानको गौमुखी गाउंपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं। १५ स्थित नयाँ गाउँ बस्ने ३२ वर्षीय विशाल थापा मगरको गत शुक्रबार उद्धार गरिएको हो।
सेनाका अनुसार माछा मार्ने क्रममा उनी नदीको खोंचमा करिब २०/२५ मिटर खसेका थिए। सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा विशेष ईक्युप्मेण्टबाट रोप बनाई र्याप्लिङ्ग गरी उद्धार गरेको हो ।
खोंचमा खसेका थापा मगरको दाहिने खुट्टा भाँचिएको अवस्थामा रहेको हुँदा, नेपाली सेनाको मेडिकल टिमबाट प्राथमिक उपचार गरी, थप उपचारको लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगिएको सेनाले बताएको छ।
त्यस्तै गत बिहीबार धनगढीबाट बाजुरातर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१-००१ ख ३१०८ नम्बरको यात्रु बाहक बस दुर्घटनामा परी घाइते भएका मानिसहरुलाई पनि सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा उद्धार गरेको छ ।
डोटीको पूर्वीचौकी गाउंपालिका वडा नं. ४ स्थित सानागाउं ईलाका प्रहरी कार्यालयबाट करिब १०० मिटर अगाडि उक्त बस दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया