४ वटा मूर्तिसहित काठमाडौंको स्वयम्भूबाट २ पक्राउ
2022-02-15 13:25:00
प्रहरीले काठमाडौँको स्वयम्भूबाट ४ वटा ढलोटको मूर्ति सहित २ जनालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान ३ बजे काठमाण्डौ महानगरपालिका १५ डल्लु स्थितबाट शंकास्पद अवस्थामा बाटोमा हिडिरहेका जिल्ला सिन्धुपाल्चोक थानी ६ घर भएका १८ वर्षीय सुदीप नेपाली र जिल्ला रसुवा श्याप्रुबेंशी २ घर भएका १८ वर्षीय रमेश बागदासलाई प्रहरीले उक्त मूर्तिसहित नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी वृत स्वयम्भुबाट सोम बहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले उनीहरुबाट गणेशको मूर्ति ३ वटा र बुद्धको मूर्ति १ वटा बरामद गरेको थियो । उनीहरुले ज्याकेटभित्र लुकाई राखेको अवस्थामा उक्त मूर्तिहरु प्रहरीले फेला पारेको हो ।
उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया