Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

यी निर्दयी आमाबुबा, जसले ८ महिने छोराको घाँटी रेटी हत्या गरे

रुपन्देहीको गैडहवा गाउँपालिका– ६ का श्रीराम मल्लाह र रेनु मल्लाहलाई आफ्नै नाबालक छोराको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

 

रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार आफ्ने घरको छतमा ८ महिनाको छोरा सुरजको घाँटी रेटी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले गत २६ भदौमा राति करिब १ बजे बालकको हत्या गरेको खुलेको छ । 

 

घटनाको जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रवीन्द्र महत तथा सोकोसमेतको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार घटनास्थल तथा शवको जाँच मुचल्काको कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि पठाइएको छ ।

 

घटनास्थलका अनुसार मल्लाहको घरको छतमा आलो रगत जमेको अवस्थामा रहेको, श्रीराम र उनकी श्रीमती सुत्ने कोठाको टेबुलमा रगत लागेको हसिया, बिस्तारामा तथा विद्युतको स्वीचमा रगत जस्तो रातो पदार्थ लागेको टाटा लागेको अवस्थामा फेला पारिएको छ । 

 

दम्पतीको नै खानतलासी गर्ने क्रममा रेनुले लगाएको साडी भिजेको अवस्थमा रहेको र सो साडीमा रगत जस्तो रातो पदार्थ लागेको अवस्थामा फेला परेको थियो । 

 

प्राप्त प्रमाणको आधारमा प्रहरीले अनुसन्धान तथा सोधपुछ गर्दा दुवैले हत्या घटना स्वीकार गरेको जनाएको छ । उनीहरुलाई घटनास्थलबाटै सोही दिन पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

परिवारमा जग्गा सम्बन्धी विवादको कारणले दैनिक कलह झैझगडा हुने गरेको र घटना सोही कारणले घटना भएको प्रहरीले जनाएको छ । अन्य थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै