Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

हराएको पाँच दशकपछि अमेरिकाबाट फिर्ता ल्याइँदै उमामहेश्वरको मूर्ति

ललितपुरको पाटनबाट पाँच दशकअघि हराएको उमामहेश्वरको मूर्ति अमेरिकाले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । अमेरिकाको कोलारोडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएको उक्त मूर्तिलाई नेपालले आफ्नो दाबी गरेपछि दूतावासलाई हस्तान्तरण गरिएको हो । 

 

वासिंगटस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति अनुसार संग्रहालयका प्रतिनिधिले सोमबार राजदूत डा. युवराज खतिवडालाई उक्त मूर्ति हस्तान्तरण गरेका हुन् । 

 

पाटनको गाःहिटीमा रहेको उक्त मूर्ति १९६० को मध्यतिर हराएको थियो । दशौं शताब्दीमा निर्माण भएको मानिने यो मूर्ति उक्त मुजियममा भेटएकोबारे एक वर्षअघि समाचार सार्वजनिक भएको थियो । 

 

त्यसपछि नेपालले उत्पत्तिको थलो सहितको प्रमाण जुटाउँदै दाबी गरेको हो । कैलाश पर्वतमा बसिरहेको पृष्ठभूमिमा शिव पार्वतीसहितको आकृषि प्रतिमामा कुँदिएको छ । 

 

सन् १९७५ पछि यो मूर्ति उक्त संग्रहालयमा प्रदर्शनका लागि राखिएको बताइएको छ । उक्त मूर्तिलाई फिर्ता गर्नका लागि सम्पदा अभियन्ताहरुले प्रयास गरेका थिए । उक्त मूर्ति छिट्टै नेपाल पु¥याइने नेपाली दूतावासले जनाएको छ ।

 

यसअघि पाटनकै पट्को टोलबाट हराएको लक्ष्मी नारायण मूर्ति (वासुदेव कमलाजां अमेरिकाको डल्लास मुजियममा भेटिएपछि नेपालले दाबी गरी फिर्ता गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा

सरकारले संसद विघटनका लागि आधार बनाएको संविधानको धारा ७६ र ८५ को थप संवैधानिक व्याख्या आवश्यक रहेको भन्दै प्रधानन्यायाधीले रिटहरुलाई संवैधानिक इजलासमा पठाएका हुन् ।

भदौ २९, २०७८