.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

सरकारले एक महिनाअघि नै उद्घाटन गरेर निर्माण सकिएको भनिएको अन्तर्राष्ट्रियस्तरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा पानी चुहिन थालेको छ । मुख्य ढोका माथिबाटै पानी चुहिन थालेर सभाहल बिग्रिन थालेपछि अहिले मर्मत थालिएको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले टेन्डर गरेर सम्मेलन केन्द्र निर्माण गरेको हो । केन्द्र निर्माणका लागि ८१ करोड रुपैयाँ खर्च भइसकेको छ ।
विभागले ०७६ कात्तिकमा तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र पाँच महिनाभित्रै निर्माण सम्पन्न हुने गरी ठेक्का लगाएको थियो । ०७७ वैशाखभित्रै निर्माण सम्पन्न हुनुपर्ने भए पनि अझै निर्माणस्थलमा कामदार भेटिन्छन् ।
केन्द्र निर्माणको जिम्मा केसी÷समानान्तर जेभीले पाएको थियो । कोभिड महामारीका कारण प्रभावित भएको भनी ६ महिना म्याद थप गरे पनि कम्पनीले काम पूरा गरेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत ३१ वैशाखमा बालुवाटारबाट स्विच थिचेर भर्चुअल रूपमा केन्द्रको उद्घाटन गरेका थिए । त्यसको एक महिनामै केन्द्रमा विभिन्न समस्या देखिन थालेको हो ।
३ हजार सिट क्षमताको केन्द्रमा ११ रोपनी ०६ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ०३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङस्थल छ ।
मुख्य हल प्रवेश गर्नुअघि उत्तर र दक्षिण दिशामा साना दुई बहुउद्देश्यीय हल निर्माण भएका छन् । २८ मिटर अग्लो उक्त भवनमा दुई तला उचाइ बराबरको हल हुनेछ ।
यसका साथै उक्त भवनमा विशिष्ट व्यक्तिका विशिष्ट कक्ष, सहायता कक्ष र विभिन्न समयमा कार्यक्रमका लागि आदानप्रदान कक्षसमेत बनेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit