Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

कैलालीमा दलका कार्यकर्ताको ढुंगा प्रहारबाट इन्स्पेक्टर बोहरा घाइते

कैलालीमा राजनीतिक दलका कार्यकर्ताले ढुंगा प्रहार गर्दा प्रहरी निरीक्षकको आँखामा चोट लागेको छ । इन्स्पेक्टर जनक बोहराको बायाँमा आँखामा चोट लागेको हो । 

 

आज राति पौने २ बजेट जोशीपुर गाउँपालिका–१ स्थित बजार व्यवस्थापन समितिको हलमा मतगणना हुँदा बोहरामाथि आक्रमण भएको हो । बोहराको कमाण्डमा खटिएको टोलीले मतगणना स्थलमा जम्मा भएको भीडलाई सम्झाई बुझाई गर्दा एक्कासी भीडबाट ढुंगा प्रहार भएको हो । 

 

उनको स्थानीय मेडिकलमा उपचार गरिएको र अहिले कार्यालयमा फिर्ता भइसकेको कैलाली प्रहरीले जानकारी दिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै