Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

भारतद्वारा गहुँ निर्यातमा रोक, नेपालसहित छिमेकी देशमा छैन प्रतिबन्ध

मूल्यवृद्धि हुन थालेपछि भारतले गहुँ निर्यातमा रोक लगाएको छ । तर, यस्तो प्रतिबन्ध नेपालसहित छिमेकी देशमा भने लागू नहुने भएको छ । 

 

भारतीय सरकारको सूचनाअनुसार अन्य देशका सरकारको अनुरोधको आधारमा भने निर्यातका लागि अनुमति दिइनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय भारतमा गहुँको पिठाको मूल्य १३ प्रतिशतले बढेको छ । खुद्रा बजारमा पिठोको प्रतिकिलो मूल्य ५९ भारु पुगेको छ । 

 

भारतमा अप्रिलमा खुद्रा महँगी ७ दशमलव ७९ प्रतिशत छ, जुन आठ वर्षयताको सबैभन्दा उच्च हो । विश्वमा प्रमुख गहुँ उत्पादक देशमध्ये भारत पनि एक हो । विश्व बजारमा गहुँको माग बढेपछि भारतमा पनि मूल्यवृद्धि भएके हो । 

 

विशेषगरी गहुँ निर्यात गर्ने देशहरु रुस र युक्रेन यतिखेर युद्धमा छन् । युक्रेनमा संकटका कारण ब्ल्याक सीबाट गहुँको निर्यात प्रभावित भएको छ । यस्तो अवस्थामा भारतबाट गहुँको माग बढ्दै निर्यातमा उछाल आएको हो । 

 

भारतले आर्थिक वर्ष २०२१–२२ मा ७० लाख टन गहुँ निर्यात गरेको थियो । 

 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै