Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

कालिकोटमा मतगणनास्थलमा कटुवा पेस्तोल बोकेर गएपछि..

फाइल तस्बिर

कालिकोटमा आज भइरहेको मतगणनामा एक व्यक्ति कटुवा पेस्तोल बोकेर गणनास्थलमा पुगेका छन् ।

 

महावै गाउँपालिका–२ गैडाखानास्थित तिला नमुना माविमा भइरहेको मतगणना कार्यमा उपस्थित व्यक्तिलाई नेपाली सेनाले जाँच गर्ने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ५ मा बस्ने २५ वर्षीय प्रकाश शाही कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् । 

 

पेस्तोलमा १ राउण्ड गोली लोड गरिराखेको अवस्थामा फेला परेको थियो । शाहीलाई नियन्त्रणमा लिई नेपाली प्रहरीलाई बुझाइएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै