Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना  सुरु भएको छ ।

 

काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

 

शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिँदै छ । कार्यालयले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरेर मतगणना सुरु गरेको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए
    

 

सुरुआती चरणमा एक ठाउँबाट गणना गरिने र केहीबेरमा गणनास्थल थप गरिने उनले जानकारी दिए । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै