.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

सोलुखुम्बुमा मतदानबारे झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–३ का ३५ वर्षीय सुदीप राई छन् ।
शुक्रबार सोताङ–३ स्थित सोताङ आवि खहरे मतदान केन्द्रमा त्यही स्थानकी ५५ वर्षीया सञ्चमाया राईलाई मतदान गराउन उनका भतिजाले लगेका थिए । ९ महिनादेखि दमको बिरामी उनले मतदान गरेपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा लगिएको थियो । उपचारपछि घर जाने क्रममा महिलाको बाटोमा नै मृत्यु भएको थियो ।
यही विषयलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ता र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी माओवादी केन्द्रका कार्यकर्ता राई घाइते भएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले राईको मृत्यु प्रकरणमा कुटपिटमा संलग्न सोही स्थानका १९ वर्षीय साजन भन्ने चक्र भुजेल, २८ वर्षीय रमेश भुजेल र २२ वर्षीय मिलन राईलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit