.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

मतदान केन्द्रमा ह्वीलचेयर लैजान नदिने नेपालगन्जका निर्वाचन अधिकृतलाई कारबाहीको माग गरिएको छ । अपाङ्गता क्षेत्रका १९ संघ–संगठनले शनिबार वक्तव्य जारी गर्दै प्रमुख निर्वाचन आयुक्त, निर्वाचन अधिकृत तथा कर्मचारीलाई कारबाहीको माग गरेका हुन् ।
शुक्रबार भएको मतदानमा नेपालगञ्ज उपमहानगरपालिका– २०, राँझास्थित आदर्श माविको मतदान केन्द्रमा अपांगता भएका मतदातालाई ह्वीलचेयर लैजान दिइएको थिएन । त्यसपछि घिस्रिएर नै एक मतदाता मतदान गर्न गएको तस्बिर तथा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
‘निर्वाचन केन्द्रहरू अपाङ्गतामैत्री नबनाउने, निर्वाचनका प्रचार र अन्य सामग्री अपाङ्गतामैत्री नबनाई यस्ता घटनालाई प्रोत्साहित र संरक्षित गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू र विभेदमा प्रत्यक्ष संलग्न बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारी, जिल्ला निर्वाचन कार्यालय प्रमुख रमा पन्त, स्थानीय सुरक्षा अधिकारीसहितका जिम्मेवार व्यक्तिहरूलाई मुलुकी ऐन देवानी संहिता २०७४ को दफा १८ को विभेदको अपराध र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ को दफा ७३ को घृणा, हेला र तिरस्कारको अपराधमा कानुनी कारबाही गर्न जोडदार माग गर्दछौँ,’ वक्तव्यमा भनिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit