Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

कोरोना नियन्त्रणका लागि यस्तो छ चार सुरक्षा निकायलाई नयाँ जिम्मेवारी

सरकारले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि विभिन्न मन्त्रालय तथा चार सुरक्षा निकायलाई जिम्मेवारी बाँडफाँट गरेको छ । कोरोना नियन्त्रणका क्रममा सरकारी निकायबाट हुने कामहरु दोहोरिने तथा छुट्ने र अन्य समस्या देखिन थालेपछि सरकारले पुनः जिम्मेवारी बाँडफाँट गरेको हो । 

 

सरकारका अनुसार मुख्य रुपमा स्वास्थ्य पूर्वाधार व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन, औषधि, खोप तथा अन्य  स्वास्थ्य सामग्री उपकरणको सहज आपूर्ति, स्वास्थ्य नीति तर्जुमा, मापदण्ड निर्धारणलगायतका कार्यहरु बाँडफाँट गरिएको छ । 

 

चार सुरक्षा निकायमध्ये नेपाली सेनालाई भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका विन्दुहरुमा अस्थायी होल्डिङ एरिया निर्माण गर्न प्रदेश सरकार र पालिकाहरुलाई सहयोग गर्ने, प्रदेश सरकारले निर्धारण गरेबमोजिमको होल्डिङ सेन्टर व्यवस्थापन समितिलाई सहयोग गर्ने जिम्मेवारी दिइएको छ । 

 

यस्तै, वैदेशिक सहयोग, खरिद, उत्पादन र अन्य रुपमा नेपाल सरकारले प्राप्त गरेको स्वास्थ्य सामग्री तथा उपकरणहरुको ढुवानीलाई सीसीएमसी मार्फत माग भएमा ढुवानीको लागि आवश्यक सवारीसाधन उपलब्ध गराउनुका साथै पीडीसी र डीसीएमसी मार्फत ढुवानीको सुरक्षा र वितरणमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ । 

 

आपतकालीन उद्धार तथा ढुवानीका लागि सीसीएमसी तथा अन्य जिम्मेवारी निकायलाई हवाई तथा स्थल सवारीसाधनहरु प्रक्रिया अनुसार उपलब्ध गराउनुपर्नेछ । कोरोनाबाट संक्रमित भई मृत्यु भएकाको शव व्यवस्थापन तोकिएको कार्यविधिअनुसार गर्नुपर्ने छ । 

 

नेपाल प्रहरीले जनस्वास्थ्य कार्यालय, डीसीएमसी र स्थानीय तहसँगको सहकार्यमा पेसेन्ट रिसिभिङ टीम (पीआरटी) र कन्ट्याक्ट ट्रेसिङ कार्यको प्रभावकारी कार्यान्वयनमा अग्रणी भूमिका निर्वाह गर्नुपनेृछ । यस्तै, सीमा नाकामा सशस्त्र प्रहरी र सेनासँग सहकार्यका साथै स्वास्थ्य पूर्वाधार, स्वास्थ्य उपकरण तथा सामग्री र स्वास्थ्य जनशक्तिको सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने छ । 

 

होल्डिङ एरिया, क्वारेन्टिन र आइसोलेसन सेन्टर आदिको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने र खोप केन्द्रहरुको र खोप कार्यक्रमको सुरक्षा र व्यवस्थापनमा सहयोग गर्ने जिम्मेवारी प्रहरीलाई दिइएको छ । 

 

सशस्त्र प्रहरी बललाई सीमा नाकाम हुने आवागमन नियन्त्रणका लागि जिम्मेवार रहने, थप जनशक्ति परिचालन गरी निर्धारित सीमा नाका प्रवेशविन्दु बाहेकबाट नेपाल आवागमन रोक्ने, स्वास्थ्य पूर्वाधार, स्वास्थ्य उपकरण तथा सामग्री र स्वास्थ्य जनशक्तिको सुरक्षा व्यवस्था प्रभवाकारी बनाउने नेपाल प्रहरीलाई सहयोग गर्नुपर्नेछ । यस्तै, निषेधाज्ञाहरको कार्यान्वयनमा नेपाल प्रहरीलाई सहयोग गर्न पनि जिम्मेवारी दिइएको छ । 

 

यस्तै, कोरोना सम्बन्धी आवश्यक सूचनाहरु समयमा नै संकलन, सम्भावित चुनौतीको विश्लेषण र सम्प्रेषण गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिइएको छ । स्माट लकडाउन कायाृन्वयन लगायत विषयमा आवश्यकताअनुसार सुझाव, कन्ट्याक्ट ट्रेसिङ, ट्रयाकिङमा सहयोग गर्ने, होटल क्वारेन्टिनको अनुगमन गरी गृह मन्त्रालयमा प्रतिवेदन दिने र कोरोना नियन्त्रणमा अन्य निकायसँग सहकार्य जिम्मेवारी विभागलाई छ । 

 

कसलाई के जिम्मेवारी ? हेर्नुहोस् पूर्व विवरण :

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै