Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

सरकारको निर्णयले रोजगार बढने, विदेशी मुद्रा देशमै रोकिने र आयात घटने विलेट उत्पादकको यस्तो छ तथ्याँक

नेपाल सरकारले ल्याएको प्रतिस्थापन बजेटमा स्पन्ज आइरन र तयारी स्टील विलेटको भन्सारदरमा हाल ४.७५% भिन्न्ता कायम गरेकोमा उक्त निर्णयको नेपाल स्टील विलेट उत्पादक संघले स्वागत गरेको छ ।

 

उसले देशबाट वार्षिक ३ हजार करोड विदेशी मुद्रा बाहिरीनबाट रोक्ने निर्णयलाई गलत ब्याख्या गरिएकोले भ्रममा नर्पन आग्रहसहित बुँदागतरु रुपमा यसबाट राज्य, उद्योगी र उपभोक्तालाई हुने फाइदाका बिषयमा जानकारी गराएको छ । 

 


संघले सोमबार प्रेस बिज्ञप्ती जारीगर्दै स्पन्ज आइरनबाट विलेट बनाउदा यो प्रकृयाबाट थप कम्तिमा ३,००० रोजगारी बढने र विद्युत खपत २२० मेघावाटले बढ्ने जनाएको हो । यस्तै उद्योग संचालन गर्न सिमिति संख्यामा मात्र भारतीय नागरिकको आवश्यक्ता पर्ने हुन्छ र स्वदेशीले नै ती उद्योगमा रोजगार प्राप्त गर्दछन् । साथै यो ब्यवस्थाले आयात प्रतिस्थापन भई कम्तिमा वार्षिक ३,०५० करोड रुपैयाँ बैदेशिक मुद्राको वचत हुनेछ । फर्नेश आयल आयात समेत वार्षिक ४५० करोड रुपैयाँले घट्ने छ ।

 

क्लिंकर उत्पादन बढन थालेपछि थप लगानीको क्षेत्र खुले जस्तै यो ब्यवस्थाले थप लगानीको बाटो खोल्ने र बैक तथा वित्तीय संस्थालाई समेत औद्योगिक क्षेत्रमा लगानी बढाउन थप सहयोग हुन्छ ।

 

विगत ३ वर्ष देखि स्टील विलेट उत्पादकहरुले स्पन्ज आइरन र तयारी विलेटको भन्सार दरमा कम्तिमा १०% को भिन्नता कायम गरिदिन माग गर्दै आएकोमा हाल उपरोक्त माग आंशिक रुपमा संवोधन भएको संघले जनाएको छ । उसले आगामी दिनमा सो भिन्नता १०% भन्दा बढी कायम हुनेमा विश्वास समेत लिएको छ ।  

 

केही फलामे छड उत्पादक कम्पनीहरुले सरकारको उल्लेखित निर्णयको विरोधको नाममा गलत ब्याख्या गरी सर्वसाधारण समक्ष भ्रम फैलाउने काम गरेकोमा सो विषयको संघले १३ बुँदे जानकारी सार्वजनिक गरेको छ । 

 

संघले जारी गरेका तथ्यगत बुँदाहरु अनु्सार हाल देशमा १३ वटा स्टील  विलेट उत्पादन गर्ने उद्योगहरु संचालित रहेका र थप उद्योगहरु स्थापनारत छन् । स्पंज आइरनबाट विलेट उत्पादन गर्नेहरुको हालको उत्पादन क्षमताले डण्डी उत्पादनको ६०% मात्र धान्ने र यस्ता नयाँ उद्योग लगाउन भैरहेको रोलीङ्ग मिललाई बढीमा ९ महिना लाग्ने हुन्छ । 

 

स्पन्ज आइरनबाट विलेट बनाउने भनेको चुनढुङ्गाबाट किलंकर बनाउने जस्तो प्रकृया रहेको र यसबाट देशभित्रै विलेट उत्पादन भई विलेट आयात प्रतिस्थापन हुनेछ । 


 
हाल विलेटमा रु. २.५० प्रति केजी अन्तशुल्क लागेको र फलामे छड (डण्डी) उत्पादनमा पहिलेको रु. १.६५ प्रति केजी घटाउदा कुल मूल्य फरक रु. ०.८५ (प्रति केजी पचासी पैसा) मात्र बृद्धि भएको छ । यस्तै बंगलादेश, पाकिस्तान लगायतका सार्क देशहरुमा समेत विलेट तथा स्पंज आइरनको आयात भंसार दरमा कम्तिमा १०% देखि बढीमा ३२% सम्मको भिन्नता कायम रहेकोले समेत यो भिन्नता थप बढाई कम्तिमा १०% कायम गर्नु उपयुक्त हुन्छ । 

 

स्पन्ज आइरन भन्नाले कच्चा फलाम भएको र स्ट्ील विलेट भन्नाले तयारी फलाम भएकोले दुवै कच्चा पदार्थ नभएको र ठूलो भिन्नता रहेको छ । वल्र्ड ट्रेड अर्गनाइजेसनको परिभाषाले समेत स्पन्ज आइरन, पीग आइरन र आइरन ओर भन्नाले आयरन फर्ममा रहेका कच्चा फलामलाई बुझाउछ भने स्टील भन्नाले १६०० डिग्री सेन्टिग्रेट तापक्रम पछिको पक्का फलाम भन्ने बुझिन्छ । 

 

स्पन्ज आइरनबाट विलेट उत्पादन गर्ने उद्योगहरु समेत देश भित्रकै उद्योग रहेका र हाल आयात हुने विलेट समेत भारतमा यसैबाट वन्ने भएकोले गुणस्तरमा कुनै भिन्नता नहुने जानकारी गराउदछौ । यसबाट उत्पादीत विलेटको गुणस्तर र आयातित विलेट (जुन स्पंज आयरनबाट नै बन्दछ) को गुणस्तरमा फरक हुने हास्यापद तर्क पेश गरिएको छ ।

 

हाल नेपालमा उत्पादीत विलेटबाट नै ५०० डी डण्डी उत्पादन भईरहेको र उल्टो स्पंज आइरनबाट विलेट उत्पादन गर्दा विलेटको गुणस्तर बृद्धि गर्ने एलआरएफ (ल्याडल रिफाइनिङ फरेन्स) जस्ता प्रविधि समेत नेपालमा आइसकेको जानकारी गराउँदछौं ।

 

पत्रु पगालेर डण्डी उत्पादन गर्दा हुने पर्यावरणको लागी नयाँ उद्योगले इआइए समेत गराएका तथा धुँवा  नियन्त्रणको लागी अत्याधुनिक इएसपी प्रविधी जडान भएका उद्योगहरु नै चलेका हुन । चीन र भारतमा यस्तो प्रविधीको प्रचलनबाट नै ८०% डण्डी उत्पादन भैरहेको जानकारी गराउदछौ ।

 

यस अध्यादेशले गर्दा हाल संचालित १३ वटा र ६ महिना भित्र उत्पादन हुने थप ३ वटा उद्योगलाई बाँच्न सक्ने वातावरण तयार भएको छ । हाल संचालित रोलिङ्ग मिलले समेत विलेट उत्पादन  प्रकृयामा लागेमा ६ देखि ९ महिनामा विलेट उत्पादन गर्न सक्नेछन् । 

 

यस सम्वन्धमा उद्योगी व्यवसायीहरुले विगत ३ वर्षदेखि नीतिगत व्यवस्था गर्न माग गरेको र निर्णय ढिला भएपनि सकारात्मक छ र माग आशिंक सम्वोधन भएको छ । आगामी वजेटमा यो भिन्नता कम्तिमा १०% कायम गरिदिन नेपाल सरकारसंग यस संघको माग रहेको छ ।

 

आयातित सामानको भंसार छुटाउने कार्य संघका सदस्यहरुले गर्दै आएका र आवश्यक्ता अनुसार फलामे छड बिक्री वितरण कार्य सूचारु रहेको अवगत गराउँदछौं ।

 

सरकारले गरेको नीतिगत व्यवस्था र घोषणाले कोभिड १९ बाट शिथिल भएको स्वदेशी अर्थतन्त्रलाई उकास्न मद्दत गर्ने संघको अपेक्षा रहेको र यसले समग्र स्वदेशी उद्योगहरुलाई नै फाईदा हुने विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै