माफि मागेका बैद्य बिरुद्ध आपराधिक दुरुत्साहनमा जाहेरी दर्ता
नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध आपराधिक दुरुत्साहनको जाहेरी दर्त भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा जाहेरी दर्ता भएको हो।
मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरले जाहेरी दर्ता भएको पुष्टि गरेका छन् । दुई दिनअघि सांसद बैद्यले संसद बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आवश्यक परे आफू नाथुराम गोड्से पनि बन्न तयार रहेको बताएका थिए।
मकवानपुर युवा संघका सदस्य अनिल काफ्लेले जाहेरी दर्ता गराएका हुन् ।
उनले संविधानको धारा १७(१) र फौजदारी संहिता अनुसार बैद्यले बोलेको बिषयले आपराधीक दुरुत्साहन हुने दाबीगर्दै जाहेरी दिएको राठोरले बताए ।
चर्को आलोचना भएपछि बैद्यले शनिबार सार्वजनिकरुपमा माफी मागेका थिए।
नाथुराम गोडसे भारतका महात्मा गान्धीको हत्यामा संलग्न कसुरदार हुन् ।
प्रतिक्रिया