संसद भवनअघि सिलिन्डर बम विस्फोट, नेकपा सिवादीको पर्चा फेला
काठमाडौंमा आज बिहान २ बजेर २५ मिनेट जाँदा नयाँ बानेश्वरमा सिलिन्डर बम पड्किएको छ । काठमाडौं–१० स्थित संसद भवन १ नम्बर गेट नजिकै हेलो नेपालको भवन अगाडि अज्ञात समूहले आगो लगाएर छोडेको सिलिन्डर विस्फोट भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको पर्दाफासलाई बताए । अति संवेदनशील र सुरक्षित मानिएको उक्त स्थानमा कसले सिलिन्डरमा आगो लगाएर छाड्यो भन्ने अहिलेसम्म खुलेको छैन ।
नयाँ बानेश्वरमा सिलिन्डर विस्फोटले भएको क्षति
सिलिन्डर पड्किँदा सोही स्थानको बिके कम्प्लेक्सको अगाडिको सिसा फुटेको तर कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । उक्त स्थानमा नेकपा सिवादी लेखिएको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ ।
सच्याइएको : आज बिहान २ बजेर २५ मिनेट जाँदा घटना भएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।
प्रतिक्रिया