Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

भक्तपुरमा मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 

 

कुल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको आयोगले जनाएको छ । 

 

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

 

मतदान हुन नसकेका स्थानमा छिट्टै मतदान सुरु हुने उनले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै