.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेस्ट अफ वल्र्ड’ को सय जनाको सूचीमा परेका छन् ।
सामूहिक उत्पादन र वितरण, लगानी तथा प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिने क्षेत्रमा ठूलो प्रभाव पारेको भन्दै ढकाललाई सूचीमा समावेश गरिएको हो ।
पश्चिमा देशबाहेक विश्वभर नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने व्यक्तिलाई यो सूचीमा समावेश गरिन्छ ।
ढकालले स्थापना गरेको डिजिटल कारोबारसम्बन्धी कम्पनी एफवान सफ्ट सुरु भएको १८ वर्ष पुगिसकेको छ । कम्पनीअन्तर्गत अन्य १३ कम्पनी सञ्चालमा छन् ।
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका ढकालले २००४ मा एफवान सफ्ट कम्पनी दर्ता गरेका थिए ।
त्यसयता नेपालको सबैभन्दा ठूलो फिनटेक कम्पनी बन्न सफल एफवान ‘ग्रुप अफ कम्पनी’ भएको छ । आफ्ना कम्पनीमार्फत यसले बैंकिङ, सफ्टवेयर डेभलपमेन्ट, स्वास्थ्य, बीमा, बस टिकट, मनि ट्रान्सफर, खानेपानी, ट्राभल, आईटी कलजेजस्तो धेरै क्षेत्रमा लगानी र काम गर्दै आएको छ ।
कम्पनीमा हाल एक हजार जनाले प्रत्यक्षरुपमा रोजगारी पाउँदै आएका छन् । एफवानले सन् २००६ देखि बैंकिङ र फाइनान्समा काम सुरु गरेको थियो भने ।
सन् २०१२ मा इसेवा कम्पनी दर्ता गरे डिजिट कारोबारको क्षेत्रमा एफवानले ठूलै क्रान्ति ल्यायो । त्यतिबेलासम्म एफवानले बैंकिङ प्रणालीलाई सहज र डिजिटल बनाउने काम गर्दै आएको थियो भने मोबाइल बैंकिङमा बैंकहरुलाई सफ्टवेयर उपलब्ध गराउँदै आएको थियो ।
ग्रुपअन्तर्गत एफवान सफ्ट, ई–सेवा, फोनपे, कोजेन्ट हेल्थ, दियालो टेक्नोलोजिज, दर्शन टेक, ई–सेवा मनि ट्रान्सफर, बस सेवा, एक्सटेन्सो डेटा, लोजिका बिन्स, सिरान टेक्नोलोजिज, स्वस्तिक कलेज, ई–सेवा ट्राभल कम्पनी छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit