Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

सिन्धुपाल्चोकमा मतदानमा विवाद हुँदा सेनाले हतियार उठाएपछि...

तस्बिर सौजन्य : दिनेश थापा

सिन्धुपाल्चोकको मेलम्ची–४ स्थित ज्यामिरेमा मतदानको क्रममा विवाद भएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । 

 

सो स्थानमा ठूलो संख्यामा नेपाली सेना र प्रहरीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । 

 

अशक्त र अपांगको नाममा अरुले नै मतदान गरेपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ खनालले जानकारी दिए ।

 

सुरक्षाकर्मी परिचालनपछि विवाद साम्य भएको र अहिले अवस्था सामान्य रहेको उनले बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै