चीनको उहानबाट फर्काईंएका विधार्थी तनावमा, थाले धर्ना
गतवर्ष चीनमा कोरोना महामारी सुरु हुँदा अप्ठारोमा परेका १७५ जना विधार्थीलाई सरकारले विमान चार्टड गरी नेपाल ल्याएको थियो ।
चीनको हुवेईं प्रान्तबाट नेपाली विधार्थीहरुलाई नेपाल ल्याइएको हो। ती विधार्थीहरुमध्ये अधिकांश एमबीबीएस अध्ययनरत विधार्थी थिए। जो अहिले मारमा परेका छन्।
एमबीबीएसको इन्टर्नसीप गरिरेका विधार्थीहरुलाई चीनले हालसम्म न प्रवेशाज्ञा दिएको छ भने न नेपाल सरकारले यही नै इन्टर्नसिपको व्यवस्था मिलाईदिन सकेको छ।
चीनमा कोरोनाका कारण अहिलेपनि विदेशी नागरिकलाई प्रवेशमा कडाई गरिएको छ। विश्वविद्यालयले पनि आफूहरुलाई नबोलाएको छात्रा मिमांशु खतिवडाले बताइन्।
एमबीबीएस पढाइ पूरा गर्न अन्तिम एक वर्ष इन्टर्नसिप गर्नुपर्ने हुन्छ। चीनबाट फर्किएका १ सय ५२ जना विधार्थीहरुले यस्तो इन्टरसिप गरिरहेका थिए।
विधार्थीहरुले ३ महिनादेखि १० महिनासम्मको इन्टर्नसिप गर्न बाँकी रहेको खतिवडाको भनाई छ। चीन फर्कने ग्यारेन्टी नभएकाले आफूहरुलाई नेपालमै इन्टर्नसिपको वातावरण मिलाइ दिन माग गर्दै उनीहरुले सोमबारदेखि नेपाल मेडिकल काउन्सिलमा धर्ना सुरु गरेका छन् ।
प्रतिक्रिया