Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

नक्कली बिल बनाएर राजस्व उठाउने र अवैध रुपमा नदीमा डोजर चलाउने दुई ठेकेदार बिरुद्ध मुद्दा दर्ता 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मापदण्ड विपरीत नदी उत्खन्न र नगरपालिकाबाट प्रमाणित नभएको नक्कली बिल प्रयोग गरेर राजस्व उठाउने नवलपरासीका दुईजना ठेकदार बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

 

आयोगले नवलपरासी पश्चिम सुनवल नगरपालिकाबाट २०७५–२०७६ मा पानाभार खोलाबाट नदीजन्य पदार्थ उत्खन्न तथा निकासी ठेक्का लिएर मापदण्ड बिपरित कामगर्ने एसआरडी कन्स्ट्रक्सनका संचालक रमेश पराजुली र सन्दिप केसी बिरुद्ध आइतबार विशेष अदालता भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । 

 

उनीहरुले मापदण्ड विपरीत उत्खनन गरेको तथा नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको भन्ने उजुरीमा अनुसन्धान हुँदा करिब ७६ लाख रुपैयाँ रकम उठाएर गैरकानूनी लाभ लिएको खुलेको हो । 

 

उनीहरुबाट बिगो बराबर असुल उपर र कैद सजायको माग सहित मुद्दा दर्ता भएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै