एसेम्बल उद्योगको अन्तःशुल्कमा शतप्रतिशत छुट वृद्धि, मूल्य कति घटबढ ?
सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न अटोको पार्टसमा लाग्ने अन्तःशुल्कको छुट शतप्रतिशतले बढाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटको प्रतिस्थापन विधेयकले उक्त व्यवस्था गरेको छ ।
नेपालमा एसेम्बल भएका गाडी र मोटरसाइकलले २५ प्रतिशतसम्म अन्तःशुल्कमा छुट पाउँदै आएका थिए । त्यस्तो छुट अब ५० प्रतिशत पुर्याइएको हो ।
हाल नेपालमा बजाज र टिभिएस ब्राण्डले एसेम्बल गर्दै आएका छन् । बजाजले मोटरसाइकल र टिभिएसले मोटरसाइकल र स्कुटर एसेम्बल गर्दै आएका हुन् । यामाहले पनि अर्को वर्षदेखि एसेम्बल उद्योग सञ्चालनको तयारी गरेको छ भने होण्डा र हिरो पनि तयारी गर्दै छन् ।
नेपालमा निजी सवारी साधानको एसेम्बलको लागि पनि व्यवसायीहरुले तयारी सुरु गरिसकेका छन् । मारुती सुजुकीको नेपालको लागि बिक्रेता चौधरी ग्रुप र हुन्डाईको लागि नेपालको लागि बिक्रेता लक्ष्मी ग्रुले नेपालमा नै गाडी एसेम्बल गर्ने तयारी थालेका छन् ।
यो व्यवस्थाले एसेम्बल भएको सवारीसाधनको मूल्य समेत कमी हुने तथा रोजगारी सिर्जना समेत हुने अनुमान छ भने यहाँ एसेम्बल नहुने मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने भएको छ । सरकारले आयात हुने मोटरसाइकल र स्कुटरमा अन्तःशुल्क बढाउने नीति लिएपछि मूल्य बढ्ने भएको हो ।
प्रतिक्रिया