Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

सुनसरीका ४ पालिकामा पूर्ण र ३ वटामा आंशिक निषेधाज्ञा

सुनसरीका ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रका पालिकामा निषेधाज्ञाको आदेश जारी गरेको हो ।

 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय सीमा जोडिएका भोक्राह नरसिंह, कोसी, हरिनगर र देवानगन्जमा आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्मको लागि पूर्ण निषेधाज्ञा लगाइएको छ । 

 

इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३, दुहबी नगरपालिकाको १, ८ र ९ नम्बर र इनरुवा नगरपालिकाको ३, ९ र १० नम्बर वडामा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै