.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।
बुद्ध जयन्तीको अवसरमा २ जेठमा लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी आउने औपचारिक जानकारी दिँदै परराष्ट्र मन्त्रालयले मन्त्री खड्काले भेट्ने कार्यक्रम रहेको पनि जनाएको हो ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सहयोग र आपसी हितको विषयमा द्विपक्षीय वार्ता पनि हुनेछ । भ्रमण टोलीको सम्मानमा दिवाभोजको आयोजना गरिनेछ ।
लुम्बिनीमा प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजा गर्नेछन् । त्यसपछि लुम्बिनी विकासले आयोजना गरेको कार्यक्रममा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।
मोदीले लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध महासंघ (आईबीसी), नयाँदिल्लीको प्लटमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणका लागि आयोजना हुने शिलान्यास समारोहमा पनि सहभागी जनाइएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit