प्रभाव र दबाबमा पारेर ठेक्का नलिएको बतास अर्गनाइजेसनको दाबी (विज्ञप्तिसहित)
काठमाडौंस्थित नारायणहिटी दरबारमा क्याफे सञ्चालनका लागि ठेक्का लिएको विषयले विवादमा आएको बतास अर्गनाइजेसनले आफूले कुनै दबाब वा प्रभावका आधारमा ठेक्का नपाएको जनाएको छ । बतासले आज विज्ञप्ति जारी गर्दै नारायणहिटीसहित देशका अन्य स्थानमा उक्त समूहले पाएको ठेक्काबारे स्पष्टीकरण दिएको हो ।
‘बतास अर्गनाइजेसनले कुनै प्रकारको प्रभाव वा दबाब सिर्जना गरिएको थिएन भन्ने कुरा सम्झौता पत्रमा प्रयुक्त भाषाले नै स्पष्ट पारिरहेको अवस्थामा सो क्रममा ‘सेटिङ’ भएको भन्दै जे–जसरी समाचारहरू प्रकाशित, प्रसारित भइरहेका छन्, ती समाचारहरूका शीर्षकदेखि व्यहोरासम्ममा पूरापूर भ्रम र झुटमात्र प्रस्तुत भएको यहाँहरूलाई स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भइरहेका समाचारहरु पनि एकतर्फी रुपमा आएको र अर्गनाइजेसनका जिम्मेवार व्यक्तिसँग आधिकारिक धारणा नबुझिएको विज्ञप्तिमा जनाइएको छ ।
अग्रनाइजेशनले आफूले गरेका व्यावसायिक सम्झौताहरु कानुनसम्मत भएको र त्यसलाई कानुन बमोजिम गर्न सरकार स्वतन्त्र रहेको जनाएको छ । तर, अर्गनाइजेशनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्ति भने पाउनुपर्ने जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया