Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

सीआइएका निर्देशकको पाकिस्तानी सेना प्रमुख र आइएसआईका महानिर्देशकसँग विशेष भेटवार्ता

अमेरिकाको बाह्य गुप्तचर संस्था सीआइए (सेन्ट्रल इन्भिेष्टिगेशन एजेन्सी) का निर्देशक विलियम जोसेफ बर्न्सले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद वाजवा र त्यहाँको गुप्तचर संस्था आइएसआई (इन्टर सर्विस इन्टिलिलेन्स) का महानिर्देशक लेफटिनेन्ट जनरल  फैज हमिदसँग भेटवार्ता गरेका छन् । 

 

भेटका क्रममा आपसी हित, क्षेत्रीय सुरक्षा स्थिति र अफगानिस्तानको वर्तमान स्थितिका बिषयमा छलफल भएको जनाइएको छ । 

 

छलफलमा पाकिस्तानले देशमा शान्ति र अफगान जनताका लागी एक स्थिर र समृद्ध भविष्य  सुनिश्चितताका लागी आफुहरु अन्तर्राष्ट्रिय साझेदारहरुलाई सहयोग गर्न  प्रतिबद्ध रहेको दोहोराएको थियो । 


सीआइए निर्देशक बन्र्सले अफगानिस्तानको स्थितिमा सफल निकासी अभियान, क्षेत्रीय स्थिरताको प्रयास र पाकिस्तानसँग सबै स्तरमा कूटनीतिक सहयोगमा थप सुधारका लागि आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै