Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

नेप्सेमा निरन्तरको सुधार, २ अर्बभन्दा धेरैको कारोबार 

साताको चौथो दिन बुधबार शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबारदेखि नै निरन्तर वृद्धि भइरहेको नेप्से परिसूचक बुधबार पनि ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको हो । 

 


बुधबार कारोबार रकममा पनि सुधार आएको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता सेयर २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँमा कारोबार भए।

 

यसअघि मंगलबार १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

 

बुधबार नेष्डो समृद्धि लघुवित्त र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा मात्र गिरावट देखिएको छ । अन्य सबै कम्पनीको सेयर बढेको छ । ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो । 

 


 बुधबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको १० करोडभन्दा धेरैको सेयर कारोबार भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै