.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको दुई दिन बिदाबारे सूचना निकालेको छ । बैंक तथा वित्तीय संस्थालाई बिदाबारेको व्यवस्था उल्लेख गर्दै राष्ट्र बैंकले आज सूचना निकालेको हो ।
दशैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखा समेत) बाट प्रवाह हुने सेवा सीमित संख्यामा कर्मचारी खटाई कार्यालय सञ्चालन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तो अवस्थामा भुक्तानी प्रणाली विभागबाट प्रवाह हुने आरटीजीएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवालगायत अन्य अत्यावश्यक सेवाहरु तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई पनि नियमित गर्नुपर्ने सूचनामा जनाइएको छ ।
यस्तै, शुक्रबारका लागि पनि बैंकको निर्धारित कार्यालय पोशाक कायम गर्ने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ । विभाग, कार्यालय, महाशाखा, इकाले प्रत्यक्ष सेवाग्राहीले एकै दिनमा सम्पन्न हुने एकै सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने गरी कार्य व्यवस्थापन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit