.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

नेपालको वैदेशिक मुद्रा सञ्चिति गत वर्षको अन्तिम ७ महिनामा २ खर्ब रुपैयाँ भन्दा धेरैले घटेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत चैत मसान्तमा नेपालको वैदेशिक मुद्रा सञ्चिति ११ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ । यसअघि असारको अन्तिममा वैदेशिक मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब थियो ।
वैदेशिक मुद्रा सञ्चिति अमेरिकी डलरमा गत वर्षको असार मसान्तमा ११ अर्ब ७५ करोड थियो । चैत मसान्तमा आउँदा यो सञ्चिति घटेर ९ अर्ब ६१ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड थियो । चैत मसान्तसम्म आइपुग्दा यसमा १७.९ प्रतिशत कमी आई १० खर्ब २१ अर्ब ४५ करोडमा आइपुगेको छ ।
गत चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २४.३ प्रतिशत छ ।
बैंकिङ क्षेत्रसँग ६.६ महिनाको वस्तु र सेवा आयात धान्ने सञ्चिति आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
२०७८ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २४.१ प्रतिशत, ५५.२ प्रतिशत र २१.९ प्रतिशत छन् ।
२०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit