निर्वाचन आयोगले चुनावबारे राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्दै
2022-03-11 06:07:00
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे आज १७ राजनीतिक दलका प्रतिनिधिसँग छलफल सुरु गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने ती राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिसँग छलफल थालेको आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्वाचन घोषणा भएपछि अहिलेसम्मको प्रगति, स्थिति र दलहरुबाट गरेको अपेक्षाबारे छलफल हुनेछ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहान साढे ११ बजे छलफलका लागि बोलाएका थिए ।
सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । उक्त निर्वाचनमा आयोगले ७९ दललाई मान्यता दिएको छ ।
प्रतिक्रिया