Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

देशका ४४ औं महारथी प्रभुराम शर्मा के साच्चै बन्लान सबैका प्रधानसेनापति? 

 

-->

राष्ट्रपति विद्यादेवी भण्डारीबाट  दर्ज्यानी चिन्ह लगाएपछि आजबाट देशको प्रमुख सुरक्षा अंग नेपाली सेनाको जिम्मेबारी महारथी प्रभुराम शर्माको काँधमा छ । २४ भदौं २०७८ देखि २३ भदौं २०८१ सम्म सेनाले गर्ने राम्रा–नराम्रा सबै गतिविधीको जस–अपजस अब  नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माकै काँधमा हुनेछ । 

 

सेनामा अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल अपेक्षित सन्तोषजनक रहन सकेन । उनी प्रचारमुखी भएको, आफ्नालाई काखा र अरुलाई पाखा गराएको, विगतमा बदनामहरुलाई मुख्य जिम्मेबारी दिएको र सही सूचना र सल्लाह अनुसरण गर्न नसकेको उनले तीनवर्षमा गरेका निर्णयले प्रष्ट पारेका छन् । 

 

यसबाहेक उनका धेरै निर्णयले सेनामा ल्याउने र ल्याउन सक्ने उथलपुथल रोक्दै सेनालाई भाइचारा, अनुशासन र एकतावद्ध बनाएर लैजाने जिम्मेबारी यतिबेला  प्रधानसेनापति शर्माको काँधमा आइपुगेको छ । 

 

अघिल्लो सरकारबाट सैद्धान्तिक सहमतीपछि गठन भएको तीन जोड एक कमाण्डको प्रयोग र प्रभावकारितासहित यसका लागि आवश्यक रणनीति बनाउने मुख्य जिम्मेबारी महारथी शर्माको काँधमा आइपुगेको छ । यस्तै सेना लोकतान्त्रिक भएपछि उसको न्याय प्रणाली अझै जंगी रहेको अवस्थामा समेत महारथी शर्माले सुधार गर्न खाँचो छ । 

 

उनले सैनिक कानून र नियम अनुसार सबैलाई एकप्रकारको कसीमा राख्ने दायित्व उनको हो । आजका मितिदेखि उनी सबैका अभिभावक हुन् । यसका लागि उनले असल सारथीहरुको चयनमा विशेष ध्यान दिन जरुरी छ । 

 

अवकाशप्राप्त महारथी थापाले आफ्नो बिदाई सम्बोधनको अन्तिममा भनेका ‘मुसा’ हरु अझै काँधमा तारा झुण्डाएर शर्मालाई पनि गुमराहमा राख्ने हरसम्भव प्रयासमा तल्लिन छन् । उनले तिनको पहिचान गरेर दुरी बनाउने जिम्मेबारी समेत शर्माकै काँधमा छ । 

 

त्यसो त कायममुकायम भएकै सम्बोधनमा उनले ‘चेन अफ कमाण्ड’ को स्थापित मान्यतालाई आत्मसात गरिसकेको छन् । यसबाहेक रिभर्स करप्सनका नाममा आफू अघि बढन बाटो बनाउने र मनलाग्दी कारबाहीको डण्डा चलाउने पुरानो शैलीका बिषयमा आजकै मितिबाट ठोस निर्णय आवश्यक छ । 

 


आजको औपचारिक समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थियो ।  

 

राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा शर्मालाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् । 

 

नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजार्चना गरेर जिम्मेबारी सम्हाल्ने छन् । उनको सम्मानमा  सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ । आजै पदबहाली, रथीवृन्दलाई  सम्बोधन तथा सैनिक मञ्च टुँडिखेल  र छाउनी पुगेर  वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ ।

 

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल आजै सकिएको छ । नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालीम र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने घोषणा गरेका छन् । उनको सम्मानमा आज सैनिक मुख्यालय टुँडिखेलमा स्वागत समारोह आयोजना हुनेछ ।

 

 
महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद एवं सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा तथा बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालीम लिएका छन् । 

 

 युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे विशेष रुची र चासो राख्दछन्  । उनले संयुक्त राष्ट्र संघको शान्ति मिशनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तरराष्ट्रिय कमाण्ड गरेका छन् । 

 


त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गर्नुभएका शर्मासँग सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र ठोस निर्णय गर्ने क्षमता छ । सेनाको तीन जोड एक अवधारणाको पुनर्संरचनालाई व्यवस्थित कार्यान्वयन गर्नु उनको प्रमुख कार्यभार रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

जनतासँग माफी माग्दै भोट माग्न जानुहोसः प्रधानमन्त्री ओली

संघिय संसदमा अविश्वासको प्रस्ताव सामना नगरी हठात्मा संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु बाध्य भएर निर्णयमा पुगेको’ कथन स्थापित गर्न जोडबल लगाएका छन् । 

भदौ २४, २०७८