राष्ट्रपतिको हत्यामा अमेरिका र कोलम्बियाका पूर्व सैनिक संलग्न : हाइटी प्रहरी
2021-07-09 13:31:00
हाइटी प्रहरीले आफ्नो मुलुकको राष्ट्रपति जोभोनेल मोइसेको हत्यामा अमेरिका र कोलम्बिया मानिसहरुको समूहको संलग्नता रहेको जनाएको छ ।
प्रहरीले केही आरोपीहरुलाई सार्वजनिक गर्दै उक्त समूहबारे जानकारी दिएको हो । २८ जनाको उक्त टोलीमा २६ जना कोलम्बियाका नागरिक र दुई जना हाइटी मूलका अमेरिकी रहेको प्रहरी प्रमुख लिओन चार्ल्सले बताए ।
यो समुहका तीन जना प्रहरीबाट मारिएका छन् । १५ जना कोलम्बियाका र दुई अमेरिकी नागरिक पक्राउ परेका छन् । आठ जना भने फरार छन् ।
आक्रमणको प्रमुख योजनाकार को र उद्देश्य के थियो भन्ने अझै खुल्न सकेको छैन ।
मंगलबार राति हतियारधारी समुहले हाइटीका राष्ट्रपति मोइसेको हत्या गरेका थिए । आक्रमणमा मोइसेकी पत्नीलाई पनि गोली लागेको छ । अहिले उनको अमेरिकाको फ्लोरिडामा उपचार भइरहेको छ । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया