.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

विशेष अदालतले भ्रष्टाचार मुद्दामा पप्पु कन्स्ट्रक्सनका प्रमुख हरिनारायण रौनियारलाई साढे ३ करोड रुपैयाँ जरिवाना सुनाएको छ । उक्त निर्माण कम्पनीमार्फत बनाइएको पुल गुणस्तरहीन भएको भन्दै दायर मुद्दामा सुनुवाइ गर्दै अदालतले जरिवानाको फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३ वर्षअघि रौनियार र उनका छोरा सुमित रौनियार लगायतविरुद्ध मुद्दा दायर गरेको हो । दुवै जनालाई जनही तीन करोड ६२ लाख २९ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय यमुना भट्टराई तथा शालिग्राम कोइरालाको इजलासले सो मुद्दामा आंशिक ठहरको फैसला सुनाउँदै आठजनालाई दोषी र चार जनालाई सफाइ दिएको छ ।
बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा भ्रष्टाचार भएको अख्तियारले जनाएको थियो । पुल निर्माणका लागि २२ असार ०६८ मा पप्पुसँग सम्झौता भएको काम नसकिँदै भत्किएको थियो ।
रौनियारविरुद्ध मुद्दा दायर भएपछि उनी सांसद पदबाट निलम्बित भएका थिए । अन्य ६ जनालाई कैदसहित जरिवाना र चारजनालाई सफाइको फैसला भएको छ ।
डिभिजन सडक कार्यालय नेपालगन्जका तत्कालीन डिभिजन प्रमुखहरू मनोज श्रेष्ठ, भानु जोशी र राजेशकुमार यादवलाई जनही २५–२५ हजार रुपैयाँ जरिवानाका साथै आठ–आठ महिना कैद सजाय सुनाइएको छ ।
निमित्त डिभिजन प्रमुख नवराज केसी र इन्जिनियर हरिबहादुर खड्कालाई २० हजार जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ । इन्जिनियर कार्मा तेन्जिङ तामाङलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । सब इन्जिनियरहरु गोविन्द गैरे, दीपेन्द्रबहादुर विष्ट, प्रेमप्रसाद चुवाई र कृष्णदेव यादवले सफाइ पाएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit