अभिनेत्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला
2021-07-08 21:59:00
अभिनेत्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन् । काठमाडौंकों थापागाउँमा रहेको उनको अपार्टमेन्टमा कुँवर मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।
उनले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या हत्या गरेको देखिएको छ । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जेनी केही समयदेखि पशुपति परिसरमा साधुको भेषमा बस्दै आएकी थिइन् ।
जेनीले ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, विन्ती पत्र’ लगायत चलचित्रमा काम गरेकी छिन् ।
प्रतिक्रिया