अवैध रुपमा आएकालाई ग्रीन कार्ड नदिन अमेरिकी सर्वोच्च अदालतको आदेश
2021-06-08 02:47:00
अवैध रुपमा अमेरिका प्रवेश गरेका व्यक्तिहरुले ग्रीनकार्ड नपाउने भएका छन् । अमेरिकी सर्वोच्च अदालतले सोमबार त्यस्ता व्यक्तिहरुलाई ग्रीनकार्ड नदिन सरकारलाई आदेश दिएको हो ।
अदालतको आदेशअनुसार अब अवैध रुपमा अमेरिका प्रवेश गरेका र अमेरिकाको विभिन्न कार्यक्रम अन्तर्गत अस्थायी रुपमा आफ्नो मुलुक फिर्ता गराउनबाट रोकिएका मानिसलाई ग्रीनकार्ड पाउन समस्या हुने भएको छ ।
अल सल्भाडोरबाट अवैधरुपमा आएको एक दम्पत्तीको मुद्दाको छिनोफानोको क्रममा अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश एलेना कागनले यस्तो आदेश दिएकी हुन् ।
हाल अमेरिकामा अवैधरुपमा प्रवेश गरेर टीपीएस कार्यक्रमअन्तर्गत थुप्रै व्यक्तिहरु बसिरहेका छन् । अमेरिकाको टीपीएस कार्यक्रममा नेपालसहित युद्धको सामना गरेका अन्य १० मुलुक छन् । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया