भारतले आतंकवादीलाई पैसा दिने गरेको प्रमाण विश्वलाई देखाउनेछौं : पाकिस्तानी विदेशमन्त्री
2021-07-07 07:47:00
पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले भारतले आतंकवादीलाई पैसा दिने गरेको कुरा अन्तर्राष्ट्रिय रुपमा उठाउने बताएका छन् ।
सोमबार एक विज्ञप्तिमा उनले लाहोरको जोहार टाउनमा भएको आतंकी हमलामा भारतीय संग्लनताको ठोस प्रमाण विश्वलाई उपलब्ध गराउने बताएका छन् ।
पाकिस्तानले आतंकवाद रोक्न र आफ्नो सीमा सुरक्षाका लागि सम्पूर्ण उपायहरु अपनाउँने कुरैशीको भनाई थियो । आतंकवादलाई रोक्न आफ्नो सिमामा पर्खाल लगाएको र भरपुर प्रयास गरेको उनले बताए ।
कुरैशीले पाकिस्तानले आतंकवादका लागि हुने लगानी रोक्न कानुन निर्माण गरेको र कालोधनका विरुद्ध आवाज उठाउने बताए ।
उनले अफगान शरणार्थीको मातृभुमीमा सम्मानजनक फिर्ती होस् भन्ने चाहेको बताउँदै त्यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा राखे ।
प्रतिक्रिया