.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

सर्वोच्च अदालतले विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका कांग्रेस नेता मोहम्मद आफताब आलमलाई थुनामुक्त नगर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार सुनुवाइ भएको हो।
इजलासले सुनुवाइपछि आदेश जारी गर्दै आलमलाई थुनामुक्त गर्न नमिल्ने जनाएको हो।
२०६४
साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेत प्रयोग गरेको आरोप छ ।
आलमलाई यसअघि उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो । आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
आलममाथिको मुद्दाको अन्तिम फैसला आउन बाँकी छ । फैसला नआउँदासम्म उनी कारगारमै रहने निश्चित भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit