.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतले आगामी सुनवाइ निर्वाचनपछिका लागि राखेको छ ।
एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश दिएको छ ।
गत आइतबार सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि पहिलो वरियतामा रहेका एआईजी पोखरेल सर्वोच्च गएका हुन् । उनले आफू योग्य हुँदाहुँदै वरियतामा कनिष्ठ भएकालाई आईजीपी बनाएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गरेका थिए ।
बुधबार सुनुवाइ नसकिएपछि उक्त रिट हेर्दाहैर्दैमा राखिएको थियो ।
सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू टिकाराम भट्टराई र भीमार्जुन आचार्यले बहस गरेका थिए भने पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको नेतृत्वमा हरिहर दाहाल, मेघराज पोखरेललगायतले बहस गरेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit