नागरिकता अध्यादेश खारेज गर्न माग गरिएको रिटमा सुनुवाइ हुँदै
2021-06-04 12:51:00
सरकारले हालै ल्याएको नागरिकता अध्यादेश खारेज गर्न माग गरिएका ६ वटा रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा तोकिएका छन् ।
न्यायाधीश हरिकृष्ण कार्कीपछिको वरियतामा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भए पनि उनी अस्वस्थताका कारण होम आइसोलेसनमा छन् ।
वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीलगायत कानून व्यवसायीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन् । उनीहरुले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।
प्रतिक्रिया