चेकिङमा हिँडेका सई पौडेलको सडक दुर्घटनामा मृत्यु
2022-03-04 05:02:00
नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) अर्जुन पौडेलको सडक दुर्घटनामा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा दरबन्दी रहेका पौडेल ड्युटीमै रहँदा दुर्घटनामा परेका हुन् ।
चेकिङका लागि चितवनकै गीतानगर क्षेत्रमा गएका पौडेल सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए ।
बिहीबार राति दुर्घटना भएको थियो । ना ४ त ८८२९ नम्बरको ट्याक्टरले उनको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।
पर्वत स्थायी घर भएका पौडेल विगत ५ वर्षदेखि चितवनमा बसोबास गर्दै आएका थिए । उनका श्रीमती, एउटा छोरा र छोरी छन् ।
प्रतिक्रिया