भारतीय प्रधानमन्त्री मोदीलाई कालोझण्डा देखाउने महिलामाथि गोली प्रहार
उत्तरप्रदेशको युल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रीता यादवमाथि अज्ञात समूहले सोमबार गोली प्रहार गरेको छ ।
यद्यपि, प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनु र गोली प्रहार हुनुको घटनामा आपसी सम्बन्ध छ कि छैन भन्ने बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको बीबीसी हिन्दीले जनाएको छ ।
खुट्टामा गोली लागेका कारण नउी घाइते भएकी छन् र सुल्तानपुर जिल्ला अस्पतालमा उपचाररत छिन् । सर्कल अफिसर लम्भुआका सतीश चन्द शुक्लाले पीडितको बयान लिएका छन् ।
यादले मिडियालाई दिएको बयानमा पोस्टर बनाउनका लागि सुल्तानपुर जाँदा हाइवेमा तीन जनाले ओभर टेक गरी बोलेरो रोकेको र गाली गर्दै मार्ने धम्की दिएको बताएकी छन् ।
‘मेरो ड्राइभरको टाउकोमा पेस्तोल राखे, त्यसपछि मैले त्यो व्यक्तिलाई एक झापड हानेँ, उसले पनि गोली प्रहार गर्यो र मेरो खुट्टामा लाग्यो,’ उनले भनेकी छन् ।
१६ नोभेम्बरमा प्रधानमन्त्री मोदी पूर्वाञ्चल एक्सप्रेसको लोकार्पण गरेर आयोजित सभा भाषण गरिरहेका थिए, त्यतिबेला यादवले कालोझन्डा देखाएकी थिइन् । त्यतिेबला उनलाई प्रहरीले हिरासतमा लिए पनि दुई दिनपछि जमानतमा छुटेकी थिइन् ।
घटनाको एक महिनासम्म समाजवादी पार्टीमा रहेकी उनी १७ डिसेम्बरमा लखनउमा कांग्रेस पार्टीमा प्रवेश गरेकी थिइन् ।
प्रतिक्रिया