६ सहसचिव र १० उपसचिवको सरुवा, ११ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)
2021-10-03 15:32:00
सरकारले ६ जना सहसचिव र १० जना उपसचिवको सरुवा गरेको छ । यीमध्ये ११ जना प्रमुख जिल्ला अधिकारी छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई सीडीओ बनाइएको छ ।
गृह मन्त्रालयका सहसचिव कमलराज ढकाललाई भोजपुर सीडीओमा, गृहकै सहसचिव जयनारायण आचार्यलाई कास्कीको सीडीओमा र लमजुङको सिडिओमा सुशील वैद्यको सरुवा गरिएको छ ।
डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनोजकुमार घिमिरे, सप्तरीमा विष्णु लामिछानेको सरूवा भएको छ ।
१५ असोजमा गृहमन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुको काज सरुवा गरिएको हो ।
प्रतिक्रिया