ड्रग्स पार्टीमा सहभागी साहरुख खानका छोरासँग एनसीबीको सोधपुछ
भारतको मुम्बईबाट गोवा जाँदै गरेको लग्जरी क्रूजमा ड्रग्स पार्टी भइरहेको थियो । त्यसको बीचैमा एनसीबी (नार्कोटिक्स कन्ट्रोल ब्युरो) ले छापा मार्यो । पार्टीमा बलिउड स्टार साहरुख खानका छोरा आर्यन पनि पक्राउ परेका छन् । उनलाई एनसीबीको टोलीले सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।
एनसीबीले दुई महिलासहित ८ जनालाई पनि पक्राउ गरेको छ । एनसीबी मुम्बई जोनल डायरेक्टर समीर वानखेडेले आर्यनसँग सोधपुछ गरिरहेको पुष्टि गरे । तर, उनले अहिलेसम्म आर्यनलाई पक्राउ भने नगरेको बताए ।
एनसीबीसँगको सोधपुछमा आर्यनले आफ्नो नामको प्रयोग गरेर उक्त पार्टीमा अन्य व्यक्तिलाई बोलाइएको बताएका छन् । क्रूजमा चलिरहेको पार्टीको भिडियो पनि एनसीबीले फेला पारेको छ । जहाँ आर्यन पनि देखिएका छन् । आर्यनले पार्टीमा सेतो टिशर्ट, नीलो जिन्स र रातो ओपन र्श र क्याप लगाएको देखिन्छ ।
उनले आफूलाई गेस्टको रुपमा बोलाइएको बताएका छन् । तर त्यसका लागि भने आफूले कुनै पैसा नलिएको उनको भनाइ छ ।
एनसीबीले आर्यनको मोबाइल नियन्त्रणमा लिएको भने उनको च्याटमा अनुसन्धान गरिरहेको छ । पक्राउ परेका अन्य व्यक्तिको पनि मोाइल लिएर एनसीबीले जाँच गरिरहेको छ । यो मामिलामा दिल्लीबाट आएका तीन युवतीलाई पनि हिरासतमा राखेर सोधपुछ भइरहेको छ । ती युवतीहरु ठूला व्यवसायीको छोरीहरु रहेको बताइएको छ ।
उक्त पार्टी दिल्लीको कम्पनी नमस्क्रे एक्स्पिरियन्सले आयोजना गरेको थियो । जहाँ एक यात्रीको टिकट मूल्य ८० हजार भारु थियो । उक्त पानीजहाज मुम्बईको कोर्डिलिया क्रूज थियो । समुद्रमा एनसीबीको यो अहिलसम्मकै पहिलो र ठूलो अपरेशन हो ।
बलिउड स्टार साहरुखका छोरा आर्यन चर्चित सटर किड्स मानिन्छन् । उनले अहिलेसम्म फिल्ममा डेब्यु गरेका छैनन् । तर, चर्चाको मामिलामा ठूला ठूला स्टारलाई ठक्कर दिने गर्छन् । उनका तस्बिरहरु सोसल मिडियामा भाइरल हुने गर्छन् ।
प्रतिक्रिया